पोल्यान्डकी इगा स्वाटिकले विम्बल्डनको महिला एकलको उपाधि जितेकी छन् ।
अमेरिकी अमान्डा एनिसिमोभालाई ६–० र ६–० को सोझो सेटमा पराजित गर्दै स्वाटिकले विम्बल्डनको महिला एकलको उपाधि जितेकी हुन् । पहिलो पटक विम्बल्डन जित्ने क्रममा स्वाटिकले उपाधिका लागि कोर्टमा ५७ मिनेट मात्र खर्चिन् ।
स्वाटिक विम्बल्डनको एकल उपाधि जित्ने पहिलो पोल्यान्डकी पहिलो खेलाडी बनिन् । स्वाटिक पहिलो पटक अल इंग्ल्यान्ड क्लबमा फाइनल खेलिरहेकी थिइन् । समग्रमा भने यो उनको छैटौं ग्रान्ड स्लाम उपाधि रहृयो ।
‘आजको यो जित सााच्चै अविश्वसनीय नै रहृयो । इमानदारितापूर्वक भन्ने हो भने मैले यस्तो पनि जित हुन्छ भनेर सपनामा पनि कल्पना गर्न सक्दिना । मलाई लाग्छ, कसैले पनि विम्बल्डनको उपाधि यसरी जित्न सकिन्न,’ आश्चर्य प्रकट गर्दै स्वाटिकले भनिन् ।
उनले थपिन्, ‘मलाई लाग्छ, यसपल्ट अनुभवले पनि काम गरेको छ । मसंग यसअघि पनि ग्रान्ड स्लाम जितेको अनुभव छ । तर पनि फाइनलमा यस्तो जित अपेक्षित हुन्न ।’ वरीयताको आठौं क्रममा रहेकी स्वाटिकले फाइनलमा आफ्नो अनुभव पूर्णतः प्रयोग गरिन् र कुनै पनि बेला दबाब महसुस गरिनन् । विम्बल्डनको इतिहासमा सन् १९११ यता केही पनि खेलाडीले फाइनल कुनै पनि ‘गेम’ नगुमाएर जितेको यो नै पहिलो पटक हो ।
ग्रान्ड स्लामका फाइनलमा प्रवेश गरेयता उनी प्रत्येकपल्ट च्याम्पियन रहेकी छन् । यसअघिका उनका पाचै ग्रान्ड स्लाम उपाधि क्ले र हार्ड कोर्टमा रहेको छ । उनले पहिलो सेट २५ मिनेटमै जितेकी थिइन् । दोस्रो सेट भने केही लामो चलेको थियो ।
प्रतिक्रिया