शेयर बजार परिसूचक आज बजार ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको बजार परिसूचक नेप्से हिजोको तुलनामा २१ दशमलव ७६ अंकले बढेर २ हजार ८९२ अंकमा पुगेको छ । यो गत वर्ष भदौ यताकै उच्च हो ।
आज कारोबार रकम भने केही घटेको छ । आज कुल ३११ कम्पनीको १ लाख ३८ हजार ८२८ कारोबारबाट १६ अर्ब ३२ करोड ७१ लख १५ हजार २३८ रुपैयाँ बराबरका ३ करोड ५६ लाख ४९ हजार २११ किक्ता शेयर खरिदवित्रि भए । यसअघि हिजो २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सबै कम्पनी उपसमुहको सूचक बढेपछि समग्र बजार प्रभावित बनेको हो ।
बजारको पूँजीगत रकमले पनि नयाँ रेकर्ड बनाएको छ । कुल पूँजीकृत रकम ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया