नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ



काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन् । आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित पक्राउ गरेको हो ।

उनीहरूले ल्याउन पाउने भन्दा धेरै विदेशी मुद्रा ल्याएको पाइएको छ । उनीहरूको परिचय भने खुलाइएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ११ : ४५ बजे