गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने

सुदूरपश्चिम । कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने सरकारको निर्णयसँगै स्वास्थ्य विज्ञानका क्षेत्रमा यो देशकै पहिलो विश्वविद्यालय बन्ने भएको छ । यो आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै गरेको स्थलगत अनुगमन निरीक्षणका क्रममा कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी दिएका थिए…