महिला खेलाडीको ‘पोशाक’ नतोक्न फ्रान्सलाई राष्ट्रसङ्घको आग्रह

जेनेभा । फ्रान्सले सन् २०२४ को पेरिस ओलम्पिकमा आफ्ना खेलाडीलाई मुस्लिम पोशाक ‘हिजाब’ लगाउन प्रतिबन्ध लगाएपछि संयुक्त राष्ट्रसङ्घले मङ्गलबार महिलाका लागि अधिकांश पोशाक नियमको विरोध गरेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले जेनेभामा पत्रकारसँग भने, “कसैले पनि महिलामाथि के लगाउनु पर्छ वा लगाउनु हुँदैन भन्ने कुरा थोपर्नु हुँदैन ।” फ्रान्सका खेलमन्त्रीले…