अर्थशास्त्रतर्फको नोबेल पुरस्कार गोल्डिनलाई

स्टकहोम । महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजका महासचिव हान्स एलेग्रेनका अनुसार सोमबार घोषणा गरिएको पुरस्कार विजेता गोल्डिन अर्थशास्त्रतर्फको विधामा पुरस्कृत तेस्रो महिला हुन् । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार लागि गठित समितिका अध्यक्ष…