एमालेका देवराज घिमिरे बने प्रतिनिधिसभाका नवौं सभामुख

काठमाडौं– सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा उनले नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गरेका हुन् । घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन र रास्वपाका रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा कांग्रेसका विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका…