‘मध्यपूर्वको शान्तिका निम्ति दुई राज्यको अवधारण उपयुक्त’

संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत झाङ जुनले प्यालेस्टाइन समस्या चाँडोभन्दा चाँडो समाधान गर्न दुई राज्यको अवधारणलाई आत्मसात गर्दै त्यसलाई अगाडि बढाउन अन्तर्राष्ट्रिय समुदायले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ । सुरक्षा परिषद्को आपत्कालीन बैठकको सोमबार अध्यक्षता गर्दै राष्ट्रसङ्घका लागि स्थायी चिनियाँ प्रतिनिधि जुनले प्यालेस्टाइन समस्या सम्बोधन गर्न दुई राज्यको समाधानलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।…