माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत्

काठमाडौं– नेकपा (माओवादी) केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको पदाधिकारी बैठकले नेतामा अध्यक्ष दाहाललाई चयन गरेको हो । दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन भए । दलको उपनेता र सचेतक भने चयन गरिएको छैन ।राष्ट्रियसभातर्फ दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भए…