लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत: अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्न यसअघि पनि आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । प्रधानमन्त्री दाहालले…