रोल्पामा बोलेरो जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँस्थित व्याङखोलामा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बिहान करिब ८ बजे सडकबाट जिप करिब ६०० मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान…