आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइदै

काठमाडौं । आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ। आजको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ। जसकारण देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्दछ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ…