कांग्रेस १५ औं महाधिवेशन: ६ हजार ५२८ प्रतिनिधि चयन हुने, वडा अधिवेशनको तयारी पूरा

काठमाडौं : नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनका लागि कुल ६ हजार ५२८ प्रतिनिधि चयन हुने भएका छन्। ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रीय सभापति र पालिका सभापतिसहित सो सङ्ख्यामा प्रतिनिधि चयन हुने अनुमान गरिएको जानकारी दिए। कांग्रेसको विधानअनुसार ५ हजार ४४५ महाधिवेशन…