कर्मचारी समायोजनविरुद्धका सबै रिट खारेज, नयाँ भर्नाको बाटो खुल्यो




काठमाडौं– सर्वोच्च अदालत, संवैधानिक इजलासले कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज गरेको छ । यो फैसलासँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि परीक्षा लिने बाटो खुलेको छ ।


कामु प्रधान न्यायाधीश दीपककुमार कार्की अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरूमा विश्वम्भर श्रेष्ठ,अनिल कुमार सिन्हा,बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन् ।


किरण पौडेल, भाष्कर ढुंगेल, गायत्री लम्साल लगायत विभिन्न कर्मचारीले फरक फरक समस्यासहित समायोजनविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ६ : २९ बजे