प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतले गरे भेटवार्ता



काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार बिहान भएको भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनेबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
राजदूत सोङ्गले प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई र नयाँ वर्षको शुभकामना सन्देश पनि हस्तान्तरण गरेका थिए । चिनियाँ सरकार नेपाल सरकारसँग मिलेर नेपालको विकासमा योगदान गर्न इच्छुक रहेको उनले बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सि चिन फिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ११ : ११ बजे