युगाण्डा जादै प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमणमा जाने भएका छन् । युगाण्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाने भएका हुन्।

त्यसअघि मन्त्रीस्तरीय बैठकका लागि परराष्ट्रमन्त्री एनपी साउदसमेत युगाण्डा जाने भएका छन्। उनी माघ ३ र ४ गते हुने बैठकमा सहभागी हुनेछन्।

त्यस्तै माघ १ र २ गते हुने उच्च पदाधिकारीहरूको बैठकमा परराष्ट्र सचिव सेवा लम्साल सहभागी हुने भएकी छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री र अधिकारीहरूको युगाण्डा भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन्।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ४३ बजे