काठमाडौँ, माघ ४ । सेयरबजारमा आज पनि उत्साहजनक कारोबार भएको छ। नेप्से सूचक ७.२४ अंकले घटे पनि आठ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २ करोड ११ लाख कित्ता सेयर बिक्री हुँदा उक्त परिमाणको कारोबार भएको छ।
योसँगै नेप्से २१५५.८२ विन्दुमा थामिएको छ। आज ११२ कम्पनीको सेयर मूल्य बढेको, १३३ कम्पनीको घटेको र दुईवटाको उही मूल्यमा कारोबार भएको छ।
आज रिडी पावर, सिनर्जी पावर डेभलपमेन्ट, महुली लघुवित्त र गणपति लघुवित्तका लगानीकर्ताले धेरै कमाएका छन्। उक्त चारवटै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेपछि लगानीकर्ताले क्रमशः २७, २५.४०, ८७.९० र ७६.२० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन्।
यता तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ९.४३ प्रतिशत गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले घटेको हो। यसबाहेक अन्य लगानीकर्ताले ७.३० प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।
बजारमा आज हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ८४ करोडको सेयर कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता अन्तिम मूल्य ६५३ रुपैयाँ छ।
कम्पनीको आज भएको कारोबार अस्वाभाविक हो। दोस्रो सर्वाधिक कारोबार सोनापुर मिनरल्सको ३० करोड मात्र रहँदा हिमालयन रिको भने झण्डै २ अर्बको खरिदबिक्री भएको हो।
प्रतिक्रिया