पूर्व क्युबाली नेता राउल क्यास्ट्राेविरुद्ध अभियोग दायर



अमेरिकाले सन् १९९६ मा दुई विमान खसालिएको घटनासम्बन्धी मुद्दामा अभियोग दायर गरेको छ । अमेरिकी न्याय विभागले क्यास्ट्रोलाई अमेरिकी नागरिकको हत्या गर्न षड्यन्त्र रचेको तथा अन्य गम्भीर अपराधमा संलग्न रहेको आरोप लगाएको हो ।

बुधबार सार्वजनिक गरिएको अभियोगअनुसार क्यास्ट्रोसहित पाँच जनामाथि ‘ब्रदर्स टु द रेस्क्यु’ नामक क्युबा–अमेरिकी संस्थाका दुई विमान खसालेर चार जनाको हत्या गरेको आरोप छ । मृतकमध्ये तीन जना अमेरिकी नागरिक रहेका थिए ।

घटना भएको समयमा क्यास्ट्रो क्युबाको सशस्त्र सेनाका प्रमुख थिए । उक्त घटनापछि क्युबाले अन्तर्राष्ट्रिय स्तरमा चर्को आलोचना खेप्नुपरेको थियो । अहिले अमेरिकाले क्युबामाथि राजनीतिक दबाब बढाइरहेका बेला राष्ट्रपति मिगुएल डियाज क्यानेलले यो मुद्दालाई “कुनै कानुनी आधार नभएको राजनीतिक कदम” को संज्ञा दिएका छन् ।

मियामीस्थित ‘फ्रिडम टावर’मा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अमेरिकी महान्यायाधिवक्ता टाेड ब्लान्चले क्यास्ट्रोमाथि विमान ध्वस्त पारेको र चार जनाको हत्या गरेको अभियोग दर्ता गरिएको जानकारी दिए । उनका अनुसार दोषी ठहर भए क्यास्ट्रोलाई मृत्युदण्ड वा आजीवन कारावाससम्मको सजाय हुन सक्छ ।

विश्लेषकहरूले यो कदमलाई क्युबामाथि थप दबाब सिर्जना गर्ने वाशिङ्टनको रणनीतिका रूपमा हेरेका छन् । अमेरिकी विश्वविद्यालयका विज्ञ विलियम लियोग्रान्डका अनुसार अमेरिका क्युबाली सरकारलाई वार्तामा ल्याउन क्रमिक रूपमा दबाब बढाइरहेको छ ।

अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध र तेल आपूर्तिमा अवरोधका कारण क्युबामा लामो समयदेखि विद्युत् संकट र खाद्यान्न अभाव गहिरिँदै गएको छ । रिकाले क्युबाली जनतामाथि सामूहिक दण्ड लगाएको आरोप लगाएका छन् । उनले विमान खसालिएको घटनालाई क्युबाले आफ्नो क्षेत्रीय सुरक्षाका लागि गरिएको “वैध आत्मरक्षा” भएको दाबी गरेका छन् ।

ब्लाञ्चले राउलकाे गिरफ्तारीका लागि वारेन्ट जारी भएको समेत पुष्टि गरे ।

हाल ९४ वर्ष पुगेका क्यास्ट्रो सन् २००८ देखि २०१८ सम्म क्युबाको राष्ट्रपति रहेका थिए । दिवंगत नेता फिडेल क्यास्ट्राेका भाइसमेत रहेका उनी अहिले सक्रिय राजनीतिबाट टाढा भए पनि क्युबाली क्रान्तिका प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १२ : ५० बजे