न्यायको खाँचो छ : राष्ट्रसंघ



संयुक्त राष्ट्रसंघले न्याय स्थापनाका लागि आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले गाजाको अस्पतालमा इजरायलको दोहोरो आक्रमणपछि न्यायको आवश्यक्ता रहेको भनेको हो । इजराययलले गरेको दोहोरो आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाको प्रारम्भिक अनुसन्धान अनुसार सो आक्रमण हमासले राखेको क्यामरालाई लक्षित गरी गरिएको हो ।
आक्रमणमा परी मृत्यु हुनेमा पाँच जना पत्रकार र चार जना स्वास्थ्यकर्मी समेत परेका छन् । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यसलाई पूर्ण रूपमा अस्वीकार्य बताएका छन् । आक्रमणको व्यापक निन्दा भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच इजरायली जनताले बन्धकको रिहाइको सम्झौता स्वीकार गर्न सरकारलाई दबाब दिने उद्देश्यले राष्ट्रव्यापी प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १ : १० बजे