सुडानमा पहिरोका कारण १ हजार बढीको मृत्यु



पश्चिमी सुडानको दुर्गम मर्रा पर्वत क्षेत्रमा आएको पहिरोका कारणले कम्तीमा १ हजार जनाको मृत्यु भएको छ । सुडान लिबरेशन मुभमेन्ट नामक सशस्त्र समूहले जनाएको छ ।

अत्यधिक वर्षाका कारण आइतबार गएको पहिरोले तारासिन गाउँलाई पूर्ण रुपमा ध्वस्त बनाएको र घटनामा केवल एक जना माक्र जीवित बाँचेको समूहले जनाएको छ ।

समूहले संयुत्त राष्ट्रसंघसहित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग मानवतावादी सहयोगका लागि अपील गरेको छ ।
सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेसबीचको युद्धका कारण आफ्ना घरबाट विस्थापित भएका उत्तर दारफुर राज्यका धेरैवटा बासिन्दा मर्रा पर्वत क्षेत्रमा शरण लिएका थिए ।

दारफुरका सेनासम्बद्ध राज्यपाल मिन्नी मिनावीले पहिरोलाई “मानवतावादी विपत्ति” बताएका छन् ।

“हामी अन्तर्राष्ट्रिय मानवतावादी संस्थाहरूसँग तुरुन्तै सहयोग र सहायताका लागि अपील गर्दछौं, किनभने यो विपत्ति हाम्रो जनताले एक्लै थेग्न सक्ने भन्दा ठूलो छ,” उनले एएफपी समाचार एजेन्सीलाई पठाएको विज्ञप्तिमा भनेका छन् ।
तस्बिरहरूमा पहाडको छेउबाट झरेका दुईवटा ठूलो खाडलहरू तल गएर तारासिन गाउँमा मिसिएको देखिन्छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  २ : १९ बजे