तातोपानी हुँदै नेपाल आउन लागेका दर्जनौं मालबाहक कन्टेनर न्यालममा अलपत्र

तिब्बतको न्यालम क्षेत्रमा आइतबार र सोमबार परेको वर्षासँगै आएको बाढीले चीनको सिगात्से–न्यालम–खासा सडकखण्ड क्षतविक्षत भएको छ । सडक अवरुद्ध हुँदा उत्तरी नाका तातोपानी हुँदै नेपाल आउन लागेका दर्जनौं मालबाहक कन्टेनर चीनतर्फको न्यालम क्षेत्रमा अलपत्र परेका भोटेकोशी चेम्बर अफ कर्मसका अध्यक्ष फुनु शेर्पाले बताए । 'चीनको सिगात्से–न्यालम–खासा सडकखण्डको विभिन्न स्थानमा ४० देखि ५० मिटर सडकखण्ड बाढीले बगाएपछि यातायात ठप्प…