कृषि र कृषकको समस्या समाधानका लागि रुपान्तरणकारी परियोजना ल्याउँदै नार्क

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले आर्थिक बर्ष २०८१÷८२ का लागि रुपान्तरणकारी परियोजनाहरु ल्याउँने तयारीमा जुटेको छ । नेपालको कृषि अनुसन्धानमा अग्रणी संस्थाको रुपमा स्थापित नार्कले मुलुकको कृषि क्षेत्रका केही ज्वलन्त समस्याहरुलाई सम्बोधन गरी समाधान गर्ने प्रविधि विकास गर्न बिभिन्न परियोजना निर्माण गर्दै अगामी आर्थिक बर्षदेखि लागू गर्ने आन्तरिक तयारीमा जुटेको छ ।…