शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । मंगलबार विशेष अदालतमा बयान तथा थुनछेक बहस सकिएपछि अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई एक करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हो । बयानका लागि मंगलबार अदालतमा…