एमाले अध्यक्ष ओलीको अपिल: सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम राखाैँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, संयमता र राष्ट्रिय एकता कायम गर्न सबै पक्षलाई आह्वान गरेका छन् । अध्यक्ष ओलीले बिहीबार अपिल जारी गर्दै सुनसरीको देवानगञ्जमा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको तथा सिरहामा गोली लागेर गणेश यादवको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका…