सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउञ्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार आजको बैठकले राष्ट्रपति निर्वाचनका लागि…