एमाले सुदूरपश्चिम अध्यक्षमा जैशी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध निर्वाचित भएका हुन् । निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति थिए ।अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका…