मुख्यमन्त्री जम्कट्टेलले पाए दोश्रोपटक विश्वासको मत

हेटौडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिनाकै विचमा उनले दोस्रोपटक विश्वासको मत लिएका हुन् । ११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले उनलाई विश्वासको मत दिएका हुन् । विपक्षमा १७ मत पर्यो भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बसे । प्रदेशसभाको विश्वास छ भनेर देखाउन मुख्यमन्त्रीले कम्तीमा…