माधव नेपालले भने– देशका समस्या समाधान गर्न एमालेलगायत सवै दल मिल्नुपर्छ

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका समस्याहरुलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । उनले एमालेलगायत वामपन्थी पार्टीसँग मिलेर जान आफूले पनि आव्हान गरिरहेको समेत बताए । जनकपुरमा संवाददाताहरुसँग आइतबार कुराकानी गर्दै अध्यक्ष नेपालले देशमा चुनौतीपूर्ण समस्याहरु देखिएको भन्दै त्यसलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका हुन्…