कांग्रेस पदाधिकारी बैठक: दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भूटानी शरणार्थी प्रकरणका बारेमा दोषीलाई उम्कन नदिने र निर्दोष पर्न हुँदैन भन्ने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई छाडन नहुने, पार्टी केन्द्रीय समिति र नीति अधिवेशनको तयारी तथा भ्रातृ र शुभेच्छुक संस्थाका विषयमा छलफल भएको थियो…