‘युक्रेन बिषयमा कुनै पनि शान्ति प्रयासको क्रेमलिनले स्वागत गर्ने’



मस्को । युक्रेन आक्रमणपछि पहिलो पटक चीन र युक्रेनका नेताहरूले गरेको फोनवार्ताबारे प्रतिक्रिया दिँदै फोनवार्ताको एक दिनपछि क्रेमलिनले मस्कोले यस पहिल्यै सार्वजनिक गरेको शर्तमा युक्रेनी द्वन्द्व अन्त्य गर्ने कुनै पनि प्रयासको स्वागत गरेको बिहीबार जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “युक्रेनमा जारी द्वन्द्वको अन्त्य र रूसको लक्ष्य प्राप्तिका लागि हामी कुनै पनि कुराको स्वागत गर्न तयार छौं ।

पेस्कोभले भने, “जहाँसम्म सञ्चारको तथ्यको कुरा छ, यो यी देशहरूको सार्वभौम मामिला हो ।”

उनले निकट भविष्यमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र सी चिनफिङबीच कुनै नयाँ सम्पर्कको योजना नरहेको पनि बताए ।

बुधबार चीन र युक्रेनका नेताहरूबीच भएको फोनमार्फत् भएको एक घण्टा लामो छलफलमा सीले शान्ति वार्ताको वकालत गरेको बताइएको छ ।

गत मार्चमा सी पुटिनसँग शिखर वार्ताका लागि मस्को गएका थिए र दुई नेताले आफ्नो साझेदारीलाई अझ प्रगाढ बनाउन सहमति जनाएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ५१ बजे