मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सोमबार पुनः पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो करिब २ः१० बजे मुग्लिन बजार नजिकै पहिरो खसेपछि सडक दुवैतर्फबाट बन्द भएको हो । पहिरो हटाउन एउटा डोजर परिचालन गरिएको छ भने थप दुई वटा उपकरण घटनास्थलतर्फ पठाइएको कार्यालयले जनाएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा…