राष्ट्रघाती सम्झौताको खतरा भन्दै प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

काठमाडौं, असार १ - प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न ९ वटा कम्युनिष्ट दलले माग गरेका छन् । नेकपा-क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवाबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्द गर्न माग गरेका हुन् । राष्ट्रको अहितमा…