आजको राशिफल : २०८० माघ ७ गते



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

शुभचिन्तकहरूले काममा साथ दिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अर्थ अभाव रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिने बानीले व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा पनि विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सोखले खर्च बढाउनेछ भने काममा पनि केही उल्झन आउन सक्छ। प्रयत्न गर्दा अध्ययनमा प्रगति गर्न सकिनेछ। बोलीको प्रभावले चिताएको काम सम्पादन हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्ने समय छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

स्वादिष्ट भोजन र मनोरञ्जनमा समय बित्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। तर आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। बेसुरमा वचन दिने बानीले पनि समस्या निम्त्याउन सक्छ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : ०२ बजे