टेक्सासमा बाढीका कारण २४ जनाको मृत्यु

अमेरिकाको टेक्सासमा एक्कासी आएको बाढीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको छ । कयौं हराइरहेका छन् । क्रिस्चियन समर क्याम्पमा रहेका ७५० मध्ये २५ बालिका हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । टेक्सासको गुवाडालुप नदीमा बाढी आएको हो । बाढीले केही सडकमा पनि क्षती पुर्याएको छ । बाढीपछि टेक्ससका केही क्षेत्रमा…