सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता बोलाइए

सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सरकारले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ । गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूलाई फिर्ता बोलाउँदै नयाँ जिम्मेवारी तोकेको हो । गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएको छ । उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला…