काठमाडौंका नदी स्वच्छ बनाउन ३ अर्ब ४२ करोड बजेट

उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताउनुभएको छ ।काठमाडौं उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन ३ अर्ब ४२ करोड विनियोजन गरेको बताउनुभयो ।मन्त्री सिंहले वातावरण संरक्षण…