एपीएफद्वारा अशक्त भक्तजनहरुको सहजताको लागि ह्वील चियर हस्तान्तरण



काठमाडौँ, माघ ४ । २३औं सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरुको सहजताको लागि ह्वील चियर हस्तारन्तरण गरिएको छ।

नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीलाई चार वटा ह्वील चियर हस्तान्तरण गर्नुभएको हो।

नायव महानिरीक्षक थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मालम्बी तथा भक्तजनहरुको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र सम्बद्र्धन गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो। जन सम्बन्धलाई थप प्रगाढ बनाउने संगठनको नीति अनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट संचालन गर्ने योजना अन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरुको

सामूहिक प्रयासबाट ४ वटा ह्वील चियर हस्तारन्तरण गरिएको हो। साथै विगत ६ वर्षदेखि निर्माण अवस्थामा रहेको मन्दिर भित्रको यज्ञशालामा टुटफुट भएका मार्बल र मन्दिरको बाहिरी भागमा ढुंगाहरु विछ्याई जिर्णोद्धार समेत गरिएको थियो।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष आशामान संगत, बाहिनी मातहतका गणपति, गुल्मपति लगायत सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १२ : ३४ बजे