प्रधानमन्त्रीद्वारा सिंहदरबार पुगेर पदबहाली

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो…