मधेस केन्द्रित दलहरूको संयुक्त अपिल: निष्पक्ष, सामाजिक सद्भाव र संयम कायम गर

मधेस केन्द्रित विभिन्न राजनीतिक दलका नेताहरूले सुनसरीको देवानगञ्जलगायत पछिल्ला घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न सरकारसँग आग्रह गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले बिहीबार…