पुनः प्रयोग गर्न मिल्ने रकेट चीनद्वारा सफलतापूर्वक अवतरण

चीनले पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गराएको छ । यसलाई चीनको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । चीन एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनका अनुसार ‘लङ मार्च १०बी’ रकेट शुक्रबार स्थानीय समयअनुसार दिउँसो १२:१५ बजे दक्षिणी चीनको हैनान प्रान्तबाट प्रक्षेपण गरिएको थियो । रकेटको माथिल्लो चरणबाट छुट्टिएको करिब ६ मिनेटपछि…