देश ठूलो संकटतिर उन्मुख भइरहेको छ : डा. भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले राजनीतिक दलहरूभित्र बढ्दो अन्तरसंघर्ष र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गरेका हुन्। उनले सत्तारूढ तथा प्रतिपक्षी दलहरूभित्र चर्किँदो…