मेस्सीको अर्को विश्वकप चमत्कार, अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन

एटलान्टाको रंगशालाको बीचमा उभिएका लियाेनल मेस्सी आँसु रोक्न सकिरहेका थिएनन् । खेल सकिएपछि उनी आफ्ना टोलीका साथीहरूको काँधमा टाउको राखेर भावुक बने । यो केवल जितको खुसी थिएन, विश्वकप इतिहासमा अर्को अविस्मरणीय अध्याय लेखिएको क्षण थियो । खेलको ७०औँ मिनेटसम्म विश्व च्याम्पियन अर्जेन्टिना २–० ले पछि परेको थियो । विशाल स्क्रिनमा मेस्सी निराश मुद्रामा देखिएका…