केपी ओली कप : उपाधिका लागि मछिन्द्र र एनआरटी भिड्दै

काठमाडौं । नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कप फुटबलको उपाधि भिडन्त आज हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेदेखि सुरु हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र न्यूरोड टिम एनआरटी आमने सामने हुने छन्। सेमिफाइनलमा मच्छिन्द्रले भारतको भानेभञ्ज्याङ एफसीलाई ५-० गोलको एकतर्फी जित निकाल्दै फाइनलमा स्थान…