भुर्तेलको अर्धशतकमा नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

माघ २५, काठमाडौँ । कुशल भुर्तेलको अर्धशतक प्रेरित घरेलु टोली नेपालले तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए। पहिलो विकेटका लागि…