भिसी नियुक्तिमा प्रधानमन्त्रीले बाचा पुरा गरेनन् : कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको बाचा पुरा नगरेको बताएका छन्। खुला र पारदर्शी प्रतिस्पर्धाबाट भिसी नियुक्ति गर्ने भनेर गरिएको सार्वजनिक प्रतिबद्धतालाई कर्मकाण्डी मात्रै बनाइएको नेता पौडेलको भनाइ छ। नेता पौडेलले मंगलबार विहान सामाजिक संजालमार्फत भिसी नियुक्तिमा आपत्ति जनाएका हुन्। ‘भित्री नियतमा…