दादुराका कारण ५०० भन्दा बढी बालबालिकाको मृत्यु

अकिरा सधैं छिटो सिक्ने बच्ची थिइन्, उनका बुबा अल अमिन गर्वका साथ भन्छन्। ६ महिनाकी हुँदा नै उनले पहिलो शब्द बोल्न थालेकी थिइन्। चार वर्ष नाघ्नासाथ उनले अंग्रेजीका केही शब्द पनि भन्न थालेकी थिइन्। त्यति भन्दै गर्दा अल अमिनको स्वर भारी हुन्छ। “उनी दुवै परिवारको अत्यन्त माया पाएकी थिइन्। उनी सबैकी प्यारी थिइन्।” बंगलादेशको राजधानी…