गाजा क्षेत्रमा चरम भोकमरी

गाजा क्षेत्रमा भोकमरीको महासंकट फैलिँदै गएको राहत संस्थाहरूले चेतावनी दिएका छन् । सहायतासम्बन्धी १ सय भन्दा बढी संस्थाहरुले इजरायलले गाजालाई नाकाबन्दीमा राखेको र खाद्यान्न गाजामा पठाउन दिइए पनि त्यसलाई वितरण गर्न अनुमति नदिएको आरोप लगाएका छन् । ती संस्थाहरुले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा भनिएको छ, "हामी आफ्नै सहकर्मी र साझेदारहरूलाई आँखैअगाडि कुपोषणको कारण मरिरहेको…