इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

जेरूसेलम, । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका छन् । दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा २०० भन्दा बढी इजरायलीको मृत्यु…