आहा रारा गोल्डकप: चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो।  चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर तामाङले निर्णायक…