आहा रारा गोल्डकप: एपीएफलाई पराजित गर्दै पुलिस क्वार्टरफाइनमा

एपीएफलाई पराजित गर्दै नेपाल पुलिस २३औँ आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा एपीएफलाई २-० गोलअन्तरले पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा पुगेको हो। पुलिसका लागि दुबै गोल डिफेन्डर मानबहादुर परियारले गरे। खेलको १९औँ मिनेटमा मानबहादुरले पुलिसलाई अग्रता दिलाएका थिए। ७१औँ मिनेटमा मानबहादुरले नै अग्रता दोब्बर बनाए। त्यसपछि कुनै गोल हुन…