हरि रिमाललाई हङकङमा चाइना कोस्ट हाफ म्याराथनको उपाधि

काठमाडौं- नेपालका धावक हरि रिमालले हङकङमा सम्पन्‍न चाइना कोस्ट म्याराथनअन्तर्गत हाफ म्याराथनको उपाधि उचालेका छन्। रिमाल यो प्रतिस्पर्धामा स्वर्ण जित्ने प्रथम नेपाली धावक बन्दै ईतिहास रचेका छन्। उनले अन्य प्रतिस्पर्धीलाई पछी पार्दै १ घण्टा १९ मिनेट ३२ सेकेन्डमा दूरी पार गरे। दौड उकालो ओरालो स्थानमा भएकाले दूरी पार गर्न केहीफसमय बढी लागेको धावक रिमालले बताए।…